मोरङ र झापाबाट लागूऔषध ब्राउन सुगरसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ।
मोरङको विराटनगर महानगरपालिका-१६ स्थितमा लागूऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले वैशाख १४ गते प्र.१९०२ ०४० प ८६१९ नम्बरको स्कुटरमा आउँदै गरेका बेलबारी-४ का २८ वर्षीय विपुल विष्टलाई ब्राउन सुगर ३ ग्राम ३५ मिलिग्राम सहित पक्राउ गरेको छ।प्र.१९०२ ०४० प ८६१९ नम्बरको स्कुटरमा आउँदै गरेका बेलबारी-४ का २८ वर्षीय विपुल विष्टलाई ब्राउन सुगर ३ ग्राम ३५ मिलिग्राम सहित पक्राउ गरेको छ।
त्यसैगरी, झापाको मेचीनगर नगरपालिका-६ स्थितमा लागूऔषध नियन्त्रण व्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा प्रदेश १-०१-००२ ह २३६६ नम्बरको सिटिसफारी चालक मेचीनगर नगरपालिका-६ का ३० वर्षीय अविनाश ढकाललाई ब्राउन सुगर १ ग्राम ३ सय ७० मिलिग्राम सहित पक्राउ गरेको छ।
लागूऔषध ब्राउन सुगर सहित पक्राउ परेका उनीहरूको थप अनुसन्धान भइरहेको छ।