मोरङको बेलबारी नगरपालिका ३ स्थित भगवती माध्यमिक विद्यालयले नयाँ शैक्षिक सत्र २०८२  का लागि कक्षा नर्सरी देखि कक्षा ९ सम्म अंग्रेजी र नेपालि माध्यममा  विद्यार्थी भर्ना अभियान सुरु गरेको छ । अंग्रेजी माध्यम दिवा सत्र   तथा नेपाली माध्यम बिहानी सत्रमा  छुट्टा छुटै  कक्षा  संचालन हुने गरि नया भर्ना अभियान सुरु गरिएको  प्रधानाध्यापक नारायण आचार्य जानकारी दिए ।

प्रधानाध्यापक आचार्यक  अनुसार विद्यालयमा विद्यार्थीको सुविधाका लागि फर्निचरलगायत आवश्यक भौतिक पूर्वाधारयुक्त कक्षाकोठाको व्यवस्था गरिएको छ । विद्यार्थी तथा शिक्षकका गतिविधि र शिक्षण सिकाइ प्रक्रियाको सीसीटीभीबाट निरन्तर निगरानीको प्रबन्ध पनि विद्यालयले मिलाएको छ । यसका साथै हरेक कक्षामा स्मार्ट बोर्ड जडान गरी कक्षालाई अन्तरक्रियात्मक तथा विद्यार्थीमैत्री बनाइएको छ भने अतिरिक्त कोचिङ कक्षाको व्यवस्था, निःशुल्क पाठ्यपुस्तको व्यवस्था विद्यालय नर्सको व्यवस्था, दिवा खाजाको व्यवस्था यातायातको सुविधा रहेको बताए  ।

कम्प्युटर प्रयोगशाला ,पुस्तकालय   तथा विज्ञान विषयको शिक्षण सिकाइलाई व्यावहारिक तथा बोधगम्य बनाउनका लागि दुवै विधाको प्रयोगात्मक अभ्यास गर्न मिल्नेगरी विद्यालयले छुट्टाछुट्टै प्रयोगशाला सञ्चालन गरेको छ ।

 शिक्षण सिकाइ प्रक्रियालाई चुस्तदुरुस्त बनाउनका लागि विद्यालयले सम्बन्धित विषयका दक्ष तथा अनुभवी एवं कर्तव्यनिष्ठ शिक्षकहरूको समूह परिचालन गरेको छ । यसबाट विद्यार्थीको अन्तर्निहित प्रतिभाको पहिचान गरी सोही अनुरुपको अतिरिक्त क्रियाकलापमा सहभागी गराई उनीहरूको शारीरिक तथा मानसिक सक्रियता बढाउन सहयोग पुगेको विद्यालयका अध्यक्ष हेम सागर ढकालले बताए  । अध्यक्षले यस विद्यालयका शिक्षकहरूको मैत्रीपूर्ण व्यवहार र प्रोत्साहनले विद्यार्थीलाई सँधै सकारात्मक सोचका साथ सृजनशील तथा उत्पादनमूलक काममा लाग्न प्रेरित गर्ने गरेको बताए ।

अनुभवी तथा लगनशील शिक्षकहरूको उपस्थितिले कक्षालाई सँधै क्रियाकलापमा केन्द्रित बनाई विद्यार्थीको क्षमता अभिवृद्धि हुने वातावरण यस विद्यालयले प्रदान गर्दै आएको अध्यक्ष ढकालले बताए  । विद्यार्थीको स्वास्थ्य सुरक्षालाई उच्च महत्व दिई विद्यालयले शुद्ध पिउने पानीको प्रबन्ध गरेको छ जसले गर्दा पानीजन्य सङ्क्रामक रोगको आक्रमणमा पर्नबाट विद्यार्थी सँधै सुरक्षित हुन्छन् । कक्षामा उत्कृष्ट अङ्क प्राप्त गर्ने विद्यार्थीलाई विद्यालयले छात्रवृत्ति प्रदान गर्दै आएको छ भने प्रवेश परीक्षामा अब्बल प्रदर्शन गर्ने मेधावी विद्यार्थीका लागि पनि विद्यालयले भर्ना शुल्कमा विशेष छुटको व्यवस्था मिलाएको छ ।

विद्यार्थीको अन्तर्निहित प्रतिभाको प्रवद्र्धनका लागि विद्यालयले विभिन्न विधाका खेलकुद गतिविधिको अभ्यास गर्ने तथा प्रतिस्पर्धात्मक प्रतियोगितामा भाग लिने अवसर विद्यार्थीलाई प्रदान गर्दै आएको छ । विद्यालयले इनडोर खेलतर्फ चेस, चाइनिज चेकर, लुडो र ब्याडमिन्टन तथा आउटडोर खेलतर्फ फुटबल, भलिबल, क्रिकेट र कबड्डीजस्ता खेलकुद गतिविधिमा विद्यार्थीलाई सहभागी गराउँदै आएको छ । यसका अतिरिक्त विद्यार्थीको सृजनात्मक क्षमताको अभिव्यक्तिका लागि विद्यालयले गायन, नृत्य, चित्रकलाजस्ता विधामा पनि विभिन्न प्रतियोगिता आयोजना गर्दै आएको छ ।

यसैगरी, अभिभावक दिवस र विद्यार्थीका लागि स्वागत तथा बिदाइ समारोह आयोजना गरी विद्यार्थी र अभिभावकबीच नियमित सम्पर्क स्थापनाको वातावरण पनि विद्यालयले प्रदान गर्दै आएको छ । यसका अतिरिक्त विद्यार्थीलाई मनोरञ्जनात्मक गतिविधिमा सहभागी गराउने तथा देशको भौगोलिक विविधतासँग परिचित गराउने उद्देश्यले विद्यालयले शैक्षिक भ्रमण तथा वनभोज कार्यक्रममा पनि विद्यार्थीलाई सहभागी गराउँदै आएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेमसागर ढकालको भनाइ छ । साथै, विद्यालयले विद्यार्थीको आवागमनलाई सहज बनाउन यातायातको साधनसमेत सञ्चालन गरेको उनले उल्लेख गरे ।


विद्यार्थीको समग्र व्यक्तित्वमा सकारात्मक परिवर्तन ल्याई उनीहरूलाई समसामयिक प्रतिस्पर्धात्मक बजारमा अब्बल जनशक्तिका रूपमा उतार्न आवश्यक पर्ने सबै ज्ञान र सीप प्रदान गर्न सक्ने सम्पूर्ण भौतिक पूर्वाधार तथा प्राज्ञिक मानव स्रोतसम्पन्न विद्यालय आफूहरूले स्थानीयस्तरमै सञ्चालनमा ल्याएकाले आफ्ना बालबालिकाको सुन्दर भविष्यको लागि उनीहरूलाई अन्यत्र नपठाई भगवती माध्यमिक विद्यालयमै भर्ना गर्न विद्यालय प्रशासनले अभिभावकवर्गमा अपिल गरेको छ ।

कक्षा भर्ना प्रक्रियाका लागि बैशाख ५ गते प्रवेश परीक्षा सञ्चालन हुने विद्यालयले जनाएको छ ।


WhatsApp Image 2025-04-14 at 21.07.06_f444f7ea

Screenshot 2025-04-14 211907

Screenshot 2025-04-14 211929