अनलाइन टिभी पत्रकार संघ, नेपालको आयोजनामा बिहीवार ‘रिपोर्टिङका बेला पत्रकार आफैले अपनाउनु पर्ने सुरक्षा सतर्कता’ सम्बन्धी अभिमुखकिरण कार्यक्रम सम्पन्न भएको छ। 

कार्यक्रममा नेपाल प्रहरीका प्रवक्ता दिनेश कुमार आचार्यले पत्रकारिता राज्यको चौथो अंग भएकाले यसले समाज कस्तो बनाउने भनेर निर्धारण गर्ने बताए। 

उनले भने, ‘हामी पत्रकारितालाई राज्यको चौथो अंग भन्छौ। यसले अहिले समाज कता गइरहेको छ र समाज कस्तो बनाउने भनेर स्पष्ट रुपमा देखाउँछ। किनभने हामीले तयार गरेको भिडियोले के देखाउँछ, हामीले के देखाउँछौ त्यस कै आधारमा मान्छेको धारणा बनाउँछन्। हामीले समाजलाई तस्विर दिन्छौ। त्यो तस्विर समाजले हेर्ने भएकाले समाज हामीले बनाउने हो।’

उनले आजको समाजले हरेक कुरालाई सामाजिक सञ्जालमार्फत नकरात्मक रुपमा मात्र लिइरहेकाले समाज एग्रेसिप भएको बताए। समाज सुधारका लागि पत्रकारिताको भूमिका महत्वपूर्ण हुने पनि बताए। 

यस्तै, संघका अध्यक्ष जीवन भण्डारीले अनलाइन टिभी पत्रकारहरुलाई प्रेस काउन्सिल नेपालको पत्रकार आचार संहिताले नसमेट्ने भन्दै स्वनियमन गर्न निर्देशिका बनाएको जानकारी दिए।