राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपक बहादुर सिंहले नयाँ नयाँ भ्रष्टाचार काण्डहरूले देश अस्तव्यस्त अवस्थामा गइरहेको बताएका छन्।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको भ्रष्टाचारको कथा बजारमा छर्लङ्ग आइराखेको बताएका हुन्। 
उनले भने, ‘देश अस्तव्यस्त अवस्थामा छ। एक महिना हुन लागिसक्यो शिक्षक आन्दोलन, मिटरव्याजी आन्दोलन, सहकारी पीडित आन्दोलन, डाक्टरहरूको आन्दोलन र कर्मचारीहरूको पनि तयारी हुन गइराखेको छ। नयाँ नयाँ भ्रष्टाचार काण्ड आइराखेको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको पर्म लोडको कथा बजारमा छर्लङ्ग आइराखेको छ।’
साथै, उनले भ्रष्टाचार काण्डहरू ओझेलमा पार्नको लागि यो सरकारले राजावादीहरूले अस्थिरता ल्यायो देशमा भनेर आरोप लगाइरहेको बताए। उनले सदनमै पनि राजावादीहरूलाई फोड्नुपर्छ, जेलमा हाल्नुपर्छ भन्ने अभिव्यक्ति आएको समेत बताए।
उनले भने, ‘भ्रष्टाचारका यी काण्डहरू ओझेलमा पार्नको लागि अब सरकारले राजावादीहरूले अस्थिरता ल्यायो देशमा भनिकन यही सदनमा पनि यी राजावादीहरूलाई फोड्नुपर्छ, जेलमा हाल्नुपर्छ भन्ने अभिव्यक्ति आएको छ। हो हामी राजा चाहिन्छ यो  देशमा भन्ने पार्टीका मान्छे हौँ। यदि हामीबाट कुनै कमीकमजोरी भएको छ भने कारबाहीको सजाय भोग्न हामी तयार छौँ। यदि देशको उन्नति र प्रगति गर्न यी भ्रष्टाचारीहरूलाई छिनोफानो गर्नुपर्ने छ।