मोरङ र सुनसरीको विभिन्न स्थानबाट प्रतिबन्धित लागूऔषध, ब्राउन सुगर र गाँजा सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ।
वैशाख ४ गते विराटनगर महानगरपालिका-१६ स्थितमा लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा मोरङ सुन्दरहरैचा-७ का २२ वर्षीय जिबस तामाङ र ३८ वर्षीय भिम कुमार तामाङको साथबाट ब्राउन सुगर ६ ग्राम ५ मिलिग्राम र सुनसरी इटहरी-२ का ३० वर्षीय  पासाङ शेर्पा र २५ वर्षीय  रवीन्द्र लिम्बु लाई प्रतिबन्धित औषधी-२२ एम्पुल सहित पक्राउ गरेको छ।
त्यसैगरी, इलाका प्रहरी कार्यालय हरिनगर सुनसरीबाट खटिएको प्रहरी टोलीले हरिनगर-४ स्थितबाट बराहक्षेत्र-६ का २४ वर्षीय राजेश मुखियालाई २४ किलो गाँजासहित पक्राउ गरेको छ। प्रतिबन्धित लागूऔषध सहित पक्राउ परेका उनीहरूको थप अनुसन्धान भइरहेको छ।