मोरङको लेटाङमा चट्याङले लागेर एउटा भैँसी मरेको छ।

प्रहरीका अनुसार लेटाङ नगरपालिका–५ खेरुवाकी कौशीला सुवेदीको पक्की घरमा बिहान करिब ९ बजेतिर चट्याङ परेको हो। चट्याङले लागेर सुवेदीले पालेको ब्याउने भैँसी मरेको छ।

चट्याङले घरमा रहेको बिजुलीको मिटर बक्स र घरको भित्ताहरुमा क्षति पुर्याएको छ। प्रहरीका अनुसार घटनामा करिब २ लाख मूल्य बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ।