काठमाडौँ महानगरपालिकाले काठमाडौँमा कवाड सङ्कलन केन्द्रमा डोजर चलाएको छ।
नगर प्रहरी बलले बालकुमारी पुल क्षेत्रमा रहेका कवाडी सङ्कलन केन्द्रमा डोजर चलाएको हो।
पटक पटक सूचना दिँदा पनि अटेर गरेपछि डोजर चलाइएको महानगरले जनाएको छ।
महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका सबै कवाड सङ्कलन केन्द्र हटाउने भन्दै चालेको ‘डोजर अभियान’ चलाउने निर्णय यसअघि नै गरेको थियो।
त्यसका विरुद्ध कवाड व्यवसायीहरूले सडक आन्दोलन समेत गर्दै आइरहेका छन्।