नेपालको सबै ठाउँमा प्रदूषण उस्तै छैन। विशेष गरेर काठमाडौं उपत्यका विशेष जोखिमयुक्त छ। विश्वभरको वायू प्रदूषण मापन गर्दा काठमाडौं उपत्यका एक नम्बर सूचीमा परिसकेको छ। काठमाडौंमा एकदमै सानो र ठूला–ठूला पहाडले घेरेको ठाउँ भएकाले पनि केही जोखिम देखिन्छ। फराकिलो स्थान भएको भए हावा र जलवायुले पनि प्रदूषणलाई कम गर्ने अवस्था हुन्छ। तर उपत्यका सानो ठाँउ र जनघनत्व पनि धेरै भएकाले जोखिम बढी हुने गर्छ। यसका साथै सार्वजनिक र नीजि सवारी साधनबाट पनि प्रदूषण बढेको देखिन्छ। सवारी साधनबाट आउने धुँवा प्रदूषणको प्रमुख कारण हो।
सानो र गुम्म परेको काठमाडौं उपत्यकाको चारैतिरबाट वायुमण्डलले घेरेको हुनाले आकाशमा हुनुपर्ने ओजोन रेयर ग्राउन्ड तहमा बढने र जोखिम पनि बढ्ने गरेको पाइन्छ। त्यस्तै भक्तपुर र ललितपुरमा परम्परागत रुपमा सञ्चालित इँटा कारखानाहरुबाट निस्किने धुँवाले पनि प्रदूषण बढाएको छ। त्यस बाहेक अन्य धेरै कलकारखानाबाट उत्पन्न हुने धुँवाले थप प्रदूषण गराएको पाइन्छ।
त्यस्तै इनडोर र आउट डोर प्रदूषणहरु पनि हुन्छ। घरभित्र ग्यासहरु बाल्छौ, बाहिर अन्य प्रदूषण पनि हुन्छ। दुवै प्रदूषण मिसिने हो भने वायु झन विषाक्त हुन्छ। विभिन्न डिभाइसहरु पनि प्रयोग गर्छौ त्यसले पनि प्रदूषण हुन सक्छ। समग्रमा भन्ने हो भने पाँच किसिमको केमिकल वा ग्यासहरुले वायु मण्डलको प्रदूषण हुन्छ। एउटा ग्राउन्डको ओजोन तह जुन वायोकेमिकल रियाक्सनले हुन्छ। यसले प्रदूषण बढाउँछ र त्यसले रोग लाग्नेको संख्या र मृत्युको संख्या पनि बढाउँछ। अक्सिजन ‘ओ थ्री’ जुन माथिल्लो वायुमण्डलमा सूर्यको हानिकारक किरण पुथ्वीमा आउनबाट रोक्छ।
अर्को पार्टीकुलेट म्याटर ९पिएम० भन्छ यो सबैभन्दा महत्वपूर्ण कुरा हो। डब्लूएच्ओ, युरोप, अमेरिकाले निकालेको वायुको गुणस्तर जति छ। त्यसको आधारमा वायुको प्रदूषण मापन गरिन्छ। एयर क्वालिटि इन्डेक्समा पार्टीकुलेट म्याटर कति छ त्यो हेर्छ। पिएम स्वास्थ्यको लागि झन् खतरनाक छ। पिएम भनेको साइजमा र घनत्वमा भर पर्छ। साइजहरु थुप्रै भएपनि सामान्यतया दुई भागमा विभाजन गरिन्छ। त्यो पनि सवारी साधन, कलकारखाना, आगलागीबाट निस्किने प्रदूषणबाट हुन्छ।
पाँच वटा किसिमको भूमि ओजोन र अर्को पार्टीकुलेट प्रदूषण भयो त्यो भनेको साइज दुईवटा हुन्छ। एउटा २.५ भन्दा कम माइक्रोमिटरको भयो भने त्यो अलि बढि नै खतरनाक हुन्छ, स्वास्थ्यको दृष्टिकोणले र अर्को पिएमको १० भन्दा कम माइक्रोमिटर हुन्छ। त्यो बाहेक अर्को पनि आउँछ त्यो अल्ट्रा पिएमको पोइन्ट १ माइक्रोमिटर हो। यो झन् हानिकारक हुन्छ।
मानव स्वास्थ्यमा असर
हाम्रो फोक्सोमा हावा सफा गर्ने नली हुन्छ। र नाकदेखि फोक्सोसम्म हावा जाँदा हावामा भएको धुलोहरु बाहिर फाल्ने शुद्धिकरण गर्ने प्रक्रिया हुन्छ। पाँच माइक्रोमिटरसम्मको धुलो शुद्धिकरण गर्न सक्ने क्षमता हुन्छ। तर पाँच भन्दा तल जति हुन्छ त्यो फोक्सोसम्म जान्छ। र २.५ भन्दा कम माइक्रोमिटर भयो अथवा झन् अल्ट्रा पोइन्ट एक भयो भने त्यसले फोक्सोलाई पनि नाघेर रगतमा जान्छ। रगतबाट अनेक अंगहरु मुटु, दिमागमा जान्छ र त्यसको असरले कालान्तरमा गएर शरीरको विभिन्न ठाँउको क्यान्सर हुने डर हुन्छ।
जति सानो पार्टिकुलेट म्याटर प्रदूषण भयो, त्यती बढि स्वास्थ्यमा खतरा हुन्छ। यसका पनि दुई प्रकार छन्। एउटा तत्कालै गर्ने असर, अर्को दिर्घकालिन रुपमा गर्ने असर हो। तत्कालै गर्ने असर प्रायःजसो दिनहुँ भोगिरहेका हुन्छौं। जसले बाहिर धेरै समय बिताउँछ त्यसमा आँखा पोल्ने, चिलाउने, एलर्जी हुने, सास फेर्न गा¥हो हुने गर्छ। दिर्घकालिन असर भनेको फोक्सोले शुद्धिकरण गर्न नसक्ने सानो माइक्रोमिटरको कण फोक्सोसम्म गएर असर गर्ने, रगतमार्फत पनि असर गर्ने गर्छ। यसबाट स्ट्रोकहरु आउने हुन्छ र क्यान्सरको खतरा पनि हुन्छ।
तेस्रो भनेको कार्बनमोनोअक्साइड हो। यो पनि सवारी साधन, आगोहरुबाट नै आउँछ। यो एकदमै विषादियुक्त हुन्छ। यसले मृत्युको सम्भावना बढाउँछ। किनभने रगतमा जुन हेमोग्लोबिन हुन्छ, त्यसले शरीरको सम्पूर्ण अंगहरुलाई अक्सिजन दिने काम गर्छ। जब कार्बनमोनोअक्साइडको मात्रा गयो भने हेमोग्लोबिनले अक्सिजन बोक्न छाडेर कार्बनमोनोअक्साइड बोक्छ। जसले गर्दा सबै अंगहरु अक्सिजन नपाएर खराब हुने सम्भावना हुन्छ। यसले तत्कालै मृत्यु हुने सम्भावना पनि हुन्छ।
तर यसले सबै व्यक्तिलाई समान असर गर्छ भन्ने छैन। मानिसको स्वास्थ्य अवस्था र उमेरमा पनि भर पर्छ। काठमाडौंको एकीयूआईबाट प्रमाणित हुन्छ। यस्तो उपत्यकाभित्र धेरै छ। बाहिर कम छ। विकास हुँदै गएको देशमा सार्वजनिक सवारी साधनको व्यवस्था नहुँदा र नीजि सवारी साधनको संख्या बढ्ने कारणले पनि प्रदूषण बढ्छ।
अहिले हाम्रो अस्पतालहरुमा बिरामी भर्ना हुने दर हेर्ने हो भने प्रदूषणका कारण असर परेर भर्ना भएकाहरुको संख्या धेरै छ। विरामीको संख्या बढेको छ। दम रोगका बिरामीहरु बढेका छन्। उनीहरु एकैछिन बाहिर निस्किए भने सिकिस्तै हुने गरेका छन्। यस्तो प्रदूषण बढ्दै जाने हो भने मृत्यु हुने सम्भावना १३ प्रतिशतले बढ्छ। खास गरेर पहिलादेखि दम, प्रेसर, मुटुको रोगी, स्ट्रोकको समस्या आइरहेका छन्। अन्य रोगहरुको जोखिम पनि बढीरहेको छ। प्रदूषण बढेका बेला यस्ता विरामीहरु बाहिर हिडडुल गर्न बढी खतरा हुन्छ। त्यसकारण दिनहुँ कति एक्यिूआइ छ त्यो हेरेर मात्र बाहिर जानुपर्छ। पाँच छ वटा समूहलाई बढि खतरा हुन्छ। स्वस्थ मान्छेलाई पनि खतरा हुन्छ। तर बिरामी, वालबच्चा, वृद्धवृद्धा, गर्भवतीहरुलाई झन् बढि खतरा हुन्छ र मृत्युसम्मको सम्भावना हुन्छ।
कसलाई धेरै असर, कसरी जोगिने ?
बाहिरको प्रदूषण घरभित्र जानबाट रोक्नको लागि झ्याल, ढोकाहरु बन्द गर्न सकिन्छ। तर बन्द गरेको घरमा आगो बाल्ने वा मट्टितेल सल्काउने जस्ता काम भने गर्नुहुँदैन। त्यसले झन् इनडोर प्रदूषण बढाउँछ। बाहिरको प्रदूषण हावा लाग्यो भने, पानी पर्यो भने कम हुन सक्छ।
प्रदूषणबाट शरीरलाई जोगाउने हो भने सकेसम्म बाहिर हिडडुल कम गर्नुपर्छ। अथवा पार्टिकुलेट म्याटरको अवस्था र एक्यिूआईलाई ध्यान दिनुपर्छ। दम बढ्ने खोकी लाग्ने, मुटुमा अप्ठ्यारो हुने, प्रेसर बढ्ने सम्भावना रहेकाले प्रदूषणबाट जोगिनुपर्छ। हामीले प्रयोग गरिरहेको सामान्य मास्कले पार्टीकुलेट म्याटरलाई फिल्टर गर्दैन।
किनकी यो मास्कको साइज तीन माइक्रोमिटर जति हुन्छ। पार्टीकुलेट म्याटर २।५ भन्दा तल छ भने त छिरिहाल्छ। त्यसैले यसले पाँच माइक्रोसम्म त कभर गर्छ। तर त्यो भन्दा तलको छ भने गर्दैन। त्यही भएर यस्तो बेलामा हामीले एन–९५ मास्क लगाउनुपर्छ। तर यो महंगो हुन्छ। दिनकै प्रयोग गर्न सम्भव नहोला। त्यसैले खास लामो समयसम्म बाहिर रुमलिनु उपयुक्त हुँदैन। १५० देखि २०० सम्म छ भने झनै आउटडोरमा कम जानुपर्छ। तर इनडोरमा पनि धेरै ग्यास, मट्टितेल, काठ दाउरा बाल्ने गर्नुहुँदैन। २०० देखि ३०० सम्म छ भने झन यो धेरै अस्वस्थ हुन्छ। ३०० देखि ५०० सम्म त झन कुनै पनि बेला केही पनि हुन सक्छ।
त्यस कारण मृत्युको सम्भावना बढी हुने वा रोगले च्याप्न सक्छ। स्वस्थ्य मानिसलाई पनि च्याप्छ। रोगी र बढी जोखिम भएको उमेर समूहलाई त झनै च्याप्छ। स्वस्थ व्यक्तिलाई १५०–२०० मा गार्यो हुन्छ। १००–१५० मा जोखिम बढि भएकोलाई असर हुन्छ। त्यसैले बढी जोखिम उमेर समुह अनुसार हुने भएकाले एकदमै ख्याल गर्नुपर्छ। स्वास्थ्य मानिसले पनि बाहिर निस्कदा एन–९५ मास्क लगाएर निस्कियो भने दम बढ्दैन।
बढ्दो प्रदूषणले छालाको एलर्जी हुने, आँखा पोल्ने त छँदैछ। अरु जोखिमहरु ह्दयघात, स्ट्रोक, फोक्सोको क्यान्सर आदी हुन्छ। अझ लामो समयसम्म प्रदूषण कायर रहयो भने क्यान्सर नै हुने जोखिम बढ्छ। दमको प्रकोप पनि धेरै बढ्ने गरेको छ। दाउरा बाल्ने अनि धुम्रपानका कारण दमका रोगी पनि धेरै हुन्छन्। विश्वव्यापी रुपमा अनुसन्धानहरुले के देखाएको छ भने वायु प्रदूषणका कारण सात मिलियनको वर्षेनी मृत्यु भइरहेको छ। दिनहँु बढ्दो छ र नेपालमा पनि जोखिममा पर्दै गइरहेको छ।
अध्ययन अनुसन्धान
वायु प्रदूषणबाट हुने मृत्यु दरबारे नेपालमा ठोस अध्ययन भएको छैन। तर विश्वव्यापी अवस्था हेर्दा नेपालको मृत्युदर बढि नै छ। हाम्रो औषत आयु घटेको साना अनुसन्धानहरुले भनिरहेका छन्। बाल मृत्युदर बढिरहेको छ। त्यसमा वायु प्रदूषण एक कारण हो। युनिसेफको तथ्याङअनुसार बाल मृत्युदर वायु प्रदूषणको योगदान महत्वपूर्ण देखाएको छ। विश्वव्यापी हेर्दा वायु प्रदूषणका विभिन्न कारणहरुले ४ देखि ७ मिलियन मानिसको मृत्यु हुने देखिएको छ। नेपालमा काठमाडौं वायु प्रदूषणको एक नम्बरमा परेपनि यसको पर्याप्त अनुसन्धान भइरहेको छैन।
हामीले सम्रगमा हेर्दा सवारी साधन, उद्योगधन्दाबाट निस्केका धुवा, इनडोर प्रदूषण, आगलागी, वन डढेलोलाई नियन्त्रण गर्न सक्यौ सहज हुनसक्छ। स्वास्थ्य मान्छेले पनि मास्क लगाएर हिड्नु उपयुक्त हुन्छ। यदि रोगी मानिसलाई रोगले झन च्याप्छ र सकेसम्म मास्क लगाउने र चाँडो भित्र जानुपर्छ।
एक्यूआइको लेवल बढ्दै कहिले दुई सयदेखि तीन सय पनि पुग्छ। यस्तो समयमा बाहिर निस्कन कम गर्ने, मास्क लगाउने गर्नुपर्छ। नियन्त्रण गर्ने हो भने मुख्य कुरा भनेको प्रोडक्सन लेवलमा कम गर्ने हो। सवारी साधन प्रयोगमा पनि ध्यान दिनुपर्छ। भएका कलकारखान, इटा भट्टाहरुलाई पनि व्यवस्थित गर्नुपर्छ। वृक्षरोपण गर्नुपर्छ। इन्डोर पोलुसन कम गर्ने र सकेसम्म सवारी साधनलाई कम प्रयोग गर्ने, अत्यावश्यक परेमात्र नभए सार्वजानिक साधनको प्रयोग गर्ने र बाहिर निस्कदा लेबल हेरेर एननाइन्टि–५ माक्सको प्रयोग गर्ने, नभए सर्जिकल मास्कको भएपनि प्रयोग गर्ने गर्नुपर्छ।
प्रदूषणको समस्या भनेको प्राकृतिक समस्या पनि हो। काठमाडौंको कुरा गर्ने हो भने जनसख्या बढिरहेको छ। उद्योगहरु बढेका छन्। वृक्षरोपण कम छ। खेतीयोग्य जमिनमा घर बनाउदै गइरहेका छन्। अहिले त प्रदूषणको नियन्त्रणको लागि प्राकृतिक रुपमा नै हो। पानी परेपछि, प्राकृतिक प्रोसेस छ। हावाले गर्दाखेरी पनि पोलुसनलाई कम गर्छ। तर दिगोपनमा अनुसन्धान गरेर सार्वजानिक सवारी साधनलाई प्रयोग गरेर व्यक्तिगत सवारी साधन प्रगोगलाई कम गर्न सकिन्छ।
हाल प्रदूषण रोक्न व्यक्तिगत, प्राकृतिकरुपमा र उद्योगधन्दालाई नियन्त्रण गरेर गर्न सकिन्छ। दिल्ली र चाइनाले गरिरहेका छन्। सवारी साधनको रोटेसन गर्ने र नयाँ नीति ल्यायो भने पनि कम हुन्छ। सकेसम्म गाउँमा रोजगार र शिक्षाको विकास भए काठमाडौंलाई लोड लोड पर्दैनथ्यो।
क्यान्सरमा वायु प्रदुषणको पनि ठूलो भूमिका हुन्छ। त्यसैले धुम्रपान गरेर मात्र क्यान्सर हुने होइन। वायु प्रदुषणले सास नलीमा इन्फेक्सन हुने र फोक्सोमा क्यासर पनि हुन्छ। धुम्रपानले १० प्रतिशत क्यान्सरको सम्भावना रहन्छ। तर सबैमा यस्तो हुन्छ भन्ने चाँही होइन। तर यसले खतरा बढाउँछ। वास्तवमा फोक्सोको क्यान्सरमा पनि वायु प्रदूषणको योगदान छ। चुरोट जुनसुकै भएपनि खतरा उत्तिकै रहन्छ। भेप भनेको फेन्सी कुरामा मात्र हो। त्यसले पनि खतरा उत्तिकै बढाउँछ।