काठमाडौं महानगरपालिकामा कार्यरत कर्मचारी तथा पेसागत संगठनले महानगरका नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेलाई निलम्बन गर्न माग गरेका छन्।

आज एक विज्ञप्ति जारी गर्दै नगर कार्यपालिकासमक्ष ११ बुँदे माग राखेका हुन्। प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंप्रति देखाएको आचारणप्रति आपत्ति जनाउँदै पाण्डेलाई निलम्बन गरी छानबिन गर्न माग गरेको विज्ञप्तिमा उल्लेख छ। 

“चैत २१ गते महानगर प्रहरी बलका प्रमुखको अगुवाइमा भएको कार्यालयको मर्यादाविपरीतका अनुशासनहीन गैरकानुनी, अमर्यादित एवं अनपेक्षित घटनाका बारेमा सत्यतथ्य पत्ता लगाई दोषीलाई हदैसम्मको कारबाही गर्न तीन दिनभित्र अधिकारसम्पन्न छानबिन समिति गठन गरी जिम्मेवारी दिइयोस्,” विज्ञप्तिमा भनिएको छ। 

कानुन विपरीतका र कानुनले नचिनेका समिति, संस्था प्रणालीभन्दा बाहिरका मानिसलाई जागिर खुवाउनका लागि बनाइएका संयन्त्र खारेज गर्न पनि माग गरेका छन्। 

11_XXomUpOETG

2_Rv7oGujePF

3_kV8fLAx1KR