विद्यालय शिक्षा ऐन जारी गर्न माग राख्दै नेपाल शिक्षक महासंघले बिहीबार पनि काठमाडौंमा प्रदर्शन गरेको छ।

सरकारले बोलाएको वार्ता अस्वीकार गर्दै महासंघले बिहीबार पनि काठमाडौंको बानेश्वर क्षेत्रमा प्रदर्शन गरेका हुन्। यस अघि आन्दोलन शान्तिपूर्ण रहँदै आएकोमा आज भने शिक्षकहरूले सडकका ३ वटै लेन कब्जा गर्न खोजेपछि प्रहरीसँग विवाद भएको हो। विवादपछि केही बेर शिक्षक र प्रहरीबीच धकेलाधकेलसमेत भएको थियो।  

 सरकारले विगतमा पटक–पटक गरेको सहमति र सम्झौताको कार्यान्वयन गर्दै शिक्षा ऐन जारी गरिनुपर्ने मागसहित शैक्षिक हडताल गर्दै शिक्षकहरू आन्दोलनरत छन्।