निरन्तर वर्षाले बेल्टार, फत्तेपुर, हँडिया, सुन्दरपुरमा यातायात सेवा अवरुद्ध भएको छ।

त्रियुगा नदीमा आएको बाढीले चौदण्डीगढी नगरपालिका क्षेत्रका ती सडकमा क्षति पुर्याएको हो। बाढीले चौदण्डीगढी नगरपालिकाको वडा नं ९ ज्यामिरेदेखि वडा नं १० हँडिया र वडा नं ५ को सुन्दरपुर जोड्ने सडक भत्काएको छ भने सो क्षेत्रको खोलामा अस्थायी पुलका रूपमा राखिएका ह्युमपाइप बाढीले बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

निरन्तर वर्षा भइरहेका कारण अवरुद्ध सडक मर्मत गर्न समस्या भइरहेको छ।