झापाको गौरादहस्थित एक होटलबाट रास्वपा नगर सभापतिसहित १६ जना जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका छन्।

गएराति गौरादह नगरपालिका-५ स्थित स्कूलचौन बजारमा रहेको सत्कार होटलमा जुवा तास खेलाइरहेको गोप्य सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो। 

प्रहरीले छापा मार्दा होटल सञ्चालकसहित १६ जना पक्राउ परेका हुन्। पक्राउ पर्नेमा रास्वपा नगर सभापति जगत अधिकारीसहित छन्। उनीहरूको साथबाट प्रहरीले एक लाख ६ हजार ६ सय २० रूपैयाँ समेत बरामद गरेको छ। 

पक्राउ पर्नेमध्ये विनोद अधिकारी गत भाद्र २४ गतेको तोडफोड र आगजनीमा पनि संलग्न भएका व्यक्ति रहेको प्रहरीले जनाएको छ। 

यसैगरी, गौरादह-४ र रास्वपा वडा सभापति युवराज खड्का पनि पक्राउ परेका छन्। यस्तै, भरत कार्की, हृदय सुवेदी, टंक बराल (सुन व्यवसायी), राम फुयाँल, केदार मगर, नवराज भट्टराई, रोशन खत्री समेत पक्राउ परेका छन्।

यसैगरी, विनोद अधिकारी, दुर्गा पौडेल, मकर अधिकारी, अशोक काफ्ले, अर्जुन श्रेष्ठ, सुदिप चेम्जुङ र दिलबहादुर मगर समेत पक्राउ परेका प्रहरीले जनाएको छ।