सरकारले प्रस्ताव गरेको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा पेश गरेका छन्।
आइतबार बसेको संसद्को संयुक्त बैठकमा पेश नीति तथा कार्यक्रम पेश गरेका हुन्।
राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम वाचन गर्दै सहमतिका आधारमा संशोधन प्रक्रिया अगाडि बढाइने जानकारी दिए।
उनले भने,‘संविधानको समीक्षा गर्ने यसका सबल पक्षलाई सुदृढ गर्ने र कार्यान्वयनमा देखिएको कमी कमजोरीलाई सच्याउन सहमतिका आधारमा संशोधन प्रक्रिया अगाडि बढाइने छ।’
त्यस्तै उनले संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरण गर्ने र यसका विरुद्ध हुने कुनै पनि प्रकृतिका प्रतिगामी पुर्नउत्थानवादी, अराजक गतिविधिको प्रतिवाद गर्ने पनि जानकारी गराए।
उनले भने,‘संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरण गर्ने र यसका विरुद्ध हुने कुनै पनि प्रकृतिका प्रतिगामी पुर्नउत्थानवादी, अराजक गतिविधिको प्रतिवाद गर्ने।’
आर्थिक वर्ष २०८२।०८३ का लागि सरकारका नीति तथा कार्यक्रम शुक्रवारको सङ्घीय संसद् बैठकमा राष्ट्रपतिले प्रस्तुत गरिरहेका छन्।