राजनीतिक विश्लेषक प्राडा सुरेन्द्र केसीले कसैले कसैलाई मान्नुपर्छ भन्ने संस्कार हाम्रो देशमा नरहेको बताएका छन्।
पृथ्वीपथ विषयक विचार गोष्ठीमा बोल्दै उनले आफ्नो स्वार्थी सिद्ध गर्नेहरूको जय जयकार गर्नुपर्छ, मालामाल हुनुपर्छ भन्ने संस्कृति रहेको बताएका हुन्।
उनले भने, ‘कुनै नेपाली एक साथमा मिलेर बस्न सक्दैनन्। कुनै दल एक ठाउँमा मिलेर बस्न सक्दैन। कसैले कसैलाई मान्नुपर्छ भन्ने संस्कार नै छैन हाम्रो देशमा। सबै मानिस स्वार्थी छन्। हामीसँग एउटै चेतना छ गुणगान गाउनुपर्छ। मन परेका मान्छे र राम्रा मानिसहरू आफ्नो स्वार्थसिद्ध गर्नेहरूको जय जयकार गर्नुपर्छ। मालामाल हुनुपर्छ, छोराछोरी विदेशमा राख्नुपर्छ। अङ्ग्रेजी बोल्नुपर्छ। यति हो बुझेको।’
यसैगरी नेकपा एमालेकी पूर्वसांसद गंगाचौधरीले २०७२को संविधान राष्ट्र र राष्ट्रियताको लागि घातक रहेको बताइन्। उनले थारुहरूको आन्दोलनलाई राष्ट्रले आतङ्ककारीको संज्ञा दिइयो बताइन्।
उनले भने, ‘संविधान सभामा हस्तान्तरण गरेकी छैन। म लगायत ५६ जनाले संविधान सभामा हस्तान्तरण गरेका छैनौ। २०७२ को संविधान राष्ट्र र राष्ट्रियताको लागि घातक छ। थारुहरूको आन्दोलनलाई राष्ट्रले बुझेको भए आज यस्तो दिन देख्न पदैनथ्यो। थारुलाई बिल्ला उडाइयो, आतङ्ककारीको संज्ञा दिइयो तर थारुहरू सबैभन्दा बढी राष्ट्रवादी हुन्। राष्ट्रको लागि छातीमा गोली खान तयार छन्।’
कार्यक्रममा नेता डा. प्रकाशचन्द्र लोहनी, पूर्वमन्त्री दिपक लोहनीलगायतले आफ्नो धारणा राखेका थिए।