झापाको बाह्रदशी गाउँपालिका-५ स्थित विक्रम विकास मेडिकलबाट प्रतिबन्धित तथा नियन्त्रित औषधीसहित मेडिकल सञ्चालिका ३९ वर्षीय वन्दना पोखरेललाई प्रहरीले पक्राउ गरेको छ।
वैशाख १७ गते मेडिकलबाट प्रतिबन्धित तथा नियन्त्रित लागूऔषधजन्य औषधीहरू बिक्री वितरण भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले पसलमा चेकजाँचको क्रममा ट्रामाडोल ७ सय ९५ ट्याब्लेट, एन्टिकफ ४ सय ७० ट्याब्लेट र डाईक्लोमिन ३ हजार ९ सय ८० ट्याब्लेट बरामद गरेको हो।
प्रतिबन्धित तथा नियन्त्रित औषधी सहित पक्राउ परेकी उनको थप अनुसन्धान भइरहेको छ।