‘द भ्वाइस अफ नेपाल’ सिजन ६ को फाइनल प्रतिस्पर्धा शुक्रवार हुँदैछ। बिहीबार पत्रकार सम्मेलन गर्दै ‘द भ्वाइस अफ नेपाल’ सिजन ६ का कोच खेम सेन्चुरीले फाइनल प्रतिस्पर्धाको लागि आफ्नो टिमको तयारी राम्रो रहेको बताए।
उनले आफ्नो टिमका फाइनलिस्ट प्रोसेस पाण्डेलाई भोट दिएर जिताउन आग्रह समेत गरे।
उनले भने, ‘शुक्रवार हुने फाइनलको लागि एक खालको आशा त छँदै छ। आफ्नो टिमको ट्यालेन्टले जितोस् भन्ने कामना छ। साङ्गीतिक यात्रा गर्दै गर्दा मेरो टिमबाट फाइनलिष्ट प्रोसेस पाण्डे हुनु भएको छ। त्यसैले मैले फाइनलिष्ट प्रोसेसको लागि भोटको अपिल गरेको छु।’
यसैगरी फाइनलिस्ट पाण्डेले पनि भोटको अपिल गरेका छन्। उनले मैदानमा आइसकेपछि जित वा हार हुने भएपनि आफू र आफ्ना कोच खेमलाई जिताउन अपिल गरे।
उनले भने, ‘मैदानमा आइसकेपछि अब जित वा हार नै हुने हो। म भित्र डर पनि छ, उत्साह पनि छ। सम्पूर्णलाई धेरै भन्दा धेरै भोट गरेर टिम खेमलाई जिताइदिन आग्रह गर्छु।’