नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा.बाबुराम भट्टराईले नेपालमा श्रमिकहरूको सङ्ख्या १ करोड ६९ लाख रहेको बताएका छन्।
१३६ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा बोल्दै उनले दुई तिहाइ श्रमिकहरू अहिले पनि अनौपचारिक क्षेत्रमा काम गर्ने गरेको बताएका हुन्। 
उनले भने, ‘श्रमिक भनेका शारीरिक र मानसिक रूपले आफ्नो क्षमता प्रयोग गरेर वस्तु र सेवा उत्पादन गर्ने समाजको उपयोगी चिजहरू उत्पादन गर्ने मान्छे नै श्रमिक हो। नेपालमा श्रमिकहरूको सङ्ख्या १ करोड ६९ लाख छ। विश्वका २०० देश मध्ये संसारका ३७ औँ सबै भन्दा ठुलो श्रमिक भएको देश नेपाल पनि हो। हामी सानो होइनौँ, धेरै श्रमिक भएको मुलुकमा नेपाल पनि पर्छ। हाम्रा दुई तिहाइ श्रमिकहरू अहिले पनि अनौपचारिक क्षेत्रमा काम गर्छन्।’
साथै उनले नेपालको सबैभन्दा ठुलो समस्या रोजगारीको भएको बताए। उनले रोजगारी नै  प्राप्त गर्न नसक्नु नै हाम्रो देशको दुर्भाग्य भएको बताए।
‘उनले भने, नेपालको सबैभन्दा ठुलो समस्या भनेको रोजगारीको हो। रोजगारी नै  प्राप्त गर्न नसक्नु नै हाम्रो देशको दुर्भाग्य हो। पुरुष श्रमिक भन्दा महिला श्रमिक बढी रहेको तथ्याङ्कले देखाएको छ। हामीले श्रमिकहरूलाई अहिले पनि हक अधिकारहरू दिलाउन सकेका छैनौँ। राजनीति एउटा तमासा जस्तै भएको छ। जनताहरूलाई झुटा सपना देखाउने, चुनाव जिताउने, सत्तामा गएर जनताले तिरेको जुन कर छ त्यसैमाथि लुट मच्चाउने गरिएको छ।’