विज्ञापन बोर्ड सदस्य एवं कोशी प्रदेशस्थित इटहरीबाट सञ्चालित प्रदेश खबरका अध्यक्ष पवन अधिकारीलाई पितृ शोक परेको छ। 
नेपाल प्रेस युनियन सुनसरीका पूर्व अध्यक्ष समेत रहेका अधिकारीका पिता इन्द्रलाल अधिकारीको ८६ वर्षको उमेरमा बुधवार दिउँसो १ बजे निधन भएको हो। 
फोक्सो सम्बन्धी रोगबाट पीडित रहेका स्व।अधिकारीका पवन सहित प्रेम र ध्रुव अधिकारी छोरा र मिना, हिमा, तुलसा र अस्मिता छोरी रहेका छन्। 
अधिकारीको आजै दिउँसो ४ बजे इटहरीस्थित बूढीगङ्गा जमुना मुक्ति घाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ।