नेपाली कांग्रेसका सांसद दिलचन्द्र प्रसाद बडूले तत्काल सकारात्मक सोचकासाथ शिक्षकहरूको माग सम्बोधन गर्न सरकारसँग माग गरेका छन्। 
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा शून्य समयमा बोल्दै उनले शिक्षकहरूको शान्तिपूर्ण आन्दोलनमा आइतबार अकस्मात् दुवै तर्फबाट बल प्रयोग हुनु अत्यन्तै दुखद र लज्जास्पद रहेको बताए। 
जन निर्वाचित लोकतान्त्रिक सरकार दमन गर्न तर्फ नभई थप संयमित, जिम्मेवार र संवेदनशील बन्न जरुरी रहेको पनि उनको भनाई छ। 
उनले भने, ‘गत २७ दिनदेखिको शिक्षकहरूको शान्तिपूर्ण आन्दोलनमा हिजो अकस्मात् दुवै तर्फबाट बल प्रयोग हुनु अत्यन्तै दुखद र लज्जास्पद छ। जन निर्वाचित लोकतान्त्रिक सरकार थप संयमित, जिम्मेवार र संवेदनशील बन्न जरुरी छ। सरकार दमन गर्न तर्फ होइन। सकारात्मक सोचकासाथ शिक्षकहरूको माग सम्बोधन गर्न तर्फ अविलम्ब अग्रसर बनोस्।’