कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालले सोमबार काठमाडौँमा प्रदर्शन गर्दैछ। 
गत चैत १५ गते भएको राजावादीहरूको प्रदर्शन हिंसात्मक बनेपछि पक्राउ परेका राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्रलगायत ६४ जना पक्राउको विरोधमा राप्रपा नेपालले आज काठमाडौँमा प्रदर्शन गर्न लागेको हो।
प्रदर्शन आज १ः३० बजे प्रदर्शनी मार्ग, भृकुटीमण्डपमा हुने राप्रपा नेपालले जनाएको छ। यस्तै, यसअघि संयुक्त जनआन्दोलन समितिका अध्यक्ष नवराज सुवेदीले यसअघि नै विज्ञप्ति जारी गर्दै वैशाख १५ गते काठमाडौँमा राप्रपा नेपालले आयोजना गर्ने जनप्रदर्शनमा आफ्नो पूर्ण साथ, सहयोग रहने जनाएको छ।