नेपाली बजारमा सुनको मूल्य तोलामा ७ हजार ५ सय रुपैयाँले घटेको छ।
मङ्गलबार प्रतितोला एक लाख ९७ हजार ९०० पुगेको सुनको मूल्य आज घटेर एक लाख ९० हजार ४०० मा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
त्यस्तै, आज चाँदी प्रतितोला पाँचले घटेर १ हजार ९ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ।