बेलबारी नगरपालिकामा आयोजित प्रथम बेलबारी टि-२० प्रिमियर लिग प्रतियोगिता २०८२  सम्पन्न भएको छ। बेलबारी नगर खेलकुद विकास समितिको आयोजनामा सम्पन्न भएको उक्त प्रतियोगिताले स्थानीय क्रिकेट खेलाडीहरूलाई प्रोत्साहन गर्नुका साथै खेलकुद विकासमा नयाँ उचाइ दिएको छ।प्रतियोगितामा बेलबारी नगरपालिकाका खेलाडीहरू समावेश गर्दै ६ वटा टिम बनाइ प्रतिस्पर्धा गराइएको थियो। स्थानीय खेलाडीहरूलाई प्रतिस्पर्धात्मक माहोलमा उतार्न र उनीहरूमा आत्मविश्वास विकास गर्न प्रतियोगिता आयोजना गरिएको खेल संयोजक अजित भगतकाले जानकारी दिए। खुसीको कुरा के हो भने   बेलबारी नगरपालिकाका क्रिकेट खेलाडीले अब आफ्नै छुट्टै खेलमैदान पाएका छन्। यसअघि फुटबल क्लबका मैदानहरूमा आश्रित हुँदै आएका खेलाडीहरूका लागि यो ठूलो उपलब्धि भएको छ।98

बेलबारी नगरपालिकाका नगरप्रमुख दिल प्रसाद राईले नयाँ क्रिकेट खेलमैदानको जानकारी सार्वजनिक गर्दै खेल खेल्ने लायकको निर्माण पुरा भएको घोषणा गरेका छन् । नगर-प्रमुख राईले “अब हाम्रा क्रिकेट खेलाडीहरूले आफ्नै मैदानमा अभ्यास गर्न र प्रतियोगिता आयोजना गर्न सक्नेछन्फु र फुटबल क्लबका मैदानहरू प्रयोग गर्दै आइरहेका खेलाडीहरूको समस्या अन्त्य भएको छ बताए।  

स्थानीय खेलाडी र खेलप्रेमीहरू यस निर्णयबाट उत्साहित छन्। उनीहरूका अनुसार आफ्नै मैदान भएपछि नियमित अभ्यास र प्रतियोगिता सञ्चालन सहज हुने भएको छ।