नेपाल उद्योग वाणिज्य महासङ्घको आयोजनामा हुने नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला –२०२५ को तयारी अन्तिम चरणमा पुगेको छ।
मङ्गलवार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरी महासङ्घले मेलाको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराएको हो।
महासङ्घले प्रत्येक वर्ष आयोजना गर्दै आइरहेको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाको यो दशौँ संस्करण हो। जुन यो वर्ष २०८२ वैशाख २५ देखि २९ गतेसम्म भृकुटीमण्डपमा आयोजना हुनेछ।
मेलामा नेपाल सहित चीन, भारत, पाकिस्तान, र बङ्गलादेशका स्टलहरू सहभागी हुनेछन् भने र थाइल्याण्डको सहभागिता रहने महासङ्घले जनाएको छ।
महासङ्घमा अनुसार मेलामा मेड इन नेपाल पेभेलियन तथा बस्तुगत सङ्घहरूको पेभेलियन रहने छ। महासङ्घले २०८१ चैत्र ११ गतेबाट स्टल बुकिङ खुल्ला गरेको थियो। मेलामा कुल ३०० भन्दा बढी स्टल मार्फत मेलामा स्वदेशी एवं विदेशी बस्तु तथा सेवाको प्रदर्शनी गरिने आयोजकको भनाई छ।
मेलामा चीनबाट पावर ट्रान्समिसन इक्युपमेन्ट, इलेक्टिकल्स तथा अटो मोबाइल्स, फुड एण्ड वेभरेज, मिलक प्रडक्ट, किचन वेयर, गार्मेन्टस्, समटंबाच, य।गलादेशबाट गार्मेन्ट्स, पाकिस्तानबाट लेदर तथा गामेन्ट्स स्टलहरू रहनेछन्।
मेड इन नेपाल सो, हस्तकला उत्पादनहरू, बस्तुगत सङ्घहरूका उत्पादनहरू, साथै चार पाङ्ग्रे र दुई पाङ्ग्रे विद्युतीय गाडी (इभी) गाडीहरू समेत राखिने छ। मेलाका अवसरमा अन्तर्राष्ट्रिय खरिदकार्तासँग प्रत्यक्ष अन्तरक्रिया गराउने सक्ष्य समेत रहेको छ।
मेलामा हस्तकला, पर्यटन सूचना तथा प्रविधि एवं व्यवसायिक सूचना, कृषि उत्पादन, ऊर्जा, भवन तथा निमार्ण सम्बन्धी शिक्षा आदिका छुट्टाछुट्टै स्टलहरू राखिने छन्।
मेलाका अवसरमा विभिन्न देशबाट आउने व्यापारिक प्रतिनिधिहरुसग भेटघाट तथा द्विपक्षीय व्यापार प्रवर्द्धन तथा लगानीबारे छलफल समेत हुने र यस वर्षको मेलामा स्वदेशी र विदेशी गरी करिब २० हजार अवलोकनकर्ताहरूले अवलोकन गर्ने अपेक्षा आयोजकको रहेको छ।
विभिन्न जिल्लाहरूमा आयोजना भएका मेलाहरूमा उत्कृष्ट स्टल तथा उत्पादनलाई एनआइटीएफमा निःशुल्क स्टल उपलब्ध गराइने छ।
यो मेलाले नेपाली उत्पादनहरूको अन्तर्राष्ट्रिय बजार परिवर्द्धन गरी समग्रमा मुलुकको अर्थतन्त्रलाई माथि उकास्न सघाउ पुर्याउने विश्वास महासङ्घले लिएको छ।
मेलामा ज्येष्ठ नागरिक तथा फरक रूपले समक्ष नागरिकहरूलाई निःशुल्क तथा विद्यार्थीहरूलाई उनीहरूको प्रवेश पत्रका आधारमा पचास प्रतिशत प्रवेश छुटको व्यवस्था समेत गरिएको छ।