सङ्घीय संसद् अन्तर्गत रहेका विभिन्न तीन समितिको बैठक आज बस्दै छ।
मङ्गलवार राज्य व्यवस्था तथा सुशासन समितिको ७० औँ बैठक दिनको २ः३० बजे सिंहदरबारमा बस्ने भएको हो।
बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०८० माथि कर्मचारी ट्रेडयुनियनसँग छलफल गरिने कार्यसूची रहेको छ।
यस्तै, आज विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै छ। खानेपानी मन्त्री प्रदीप यादवको उपस्थितिमा बिहान ११ बजे बैठक बस्न लागेको हो।
सिंहदरबारमा बस्ने बैठकमा खानेपानी, सरसफाइ र स्वच्छताका सम्बन्धमा खानेपानी मन्त्रालयबाट भएका कामकारबाही/कार्य प्रगति र अगामी आर्थिक वर्षको बजेट/कार्यक्रम सम्बन्धमा मन्त्रालयको तयारीका बारेका छलफल गरिने कार्यसूची रहेको छ।
यसैगरी, आज विधायन व्यवस्थापन समितिको ६३ औँ बैठक बस्ने भएको छ। सिंहदरबारमा अपराह्न १ बजे बस्ने बैठकमा संविधान अनुसार बन्न बाँकी कानुनहरूको सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग छलफल गरिने छ।