धनकुटास्थित महालक्ष्मी नगरपालिकाले पालिकाभित्र निजी विद्यालयका सवारी साधन सञ्चालनमा रोक लगाएको छ। महालक्ष्मी नगरपालिकाले पालिकाभित्रका सम्पूर्ण निजि विद्यालय बन्द भइसकेका छन्।
महालक्ष्मी नगरपालिकाको कार्यालयले आफ्नो भूगोलभित्र निजी विद्यालयका सवारीसाधन प्रवेशमा रोक लगाउने निर्णय गरेको हो। महालक्ष्मी नगरपालिकाका प्रमुख ध्रुवराज रायाले सोमबार एक सूचना जारी गर्दै सामुदायिक विद्यालयहरट्ठको शैक्षिक गुणस्तर सुधार गर्ने योजनासहित यस्तो निर्णयमा पुगेको बताएका छन्।
‘अन्य नगरका निजी विद्यालयले यस नगरभित्र बस ल्याएर बालबालिकाहरु लाने गरेको जनगुनासो प्राप्त भएकोले यो सूचना प्रकाशन भएको मितिबाट महालक्ष्मी नगरपालिकाको क्षेत्राधिकारभित्र कुनै पनि निजी विद्यालयका स्कुल बससहितका सवारी साधन प्रवेशमा पूर्ण रुपमा रोक लगाइएको व्यहोरा सरोकारवाला सबैमा जानकारी गराइएको,’ प्रकाशित सूचनामा भनिएको छ।
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न महालक्ष्मी नगरपालिका भित्रका निजी विद्यालय बन्द गरिएको पालिकाले जनाएको छ।