विश्वमै पहिलो पटक रोबोट हाफ–म्याराथन चीनको बेइजिङमा आयोजना गरिएको छ। जसलाई विश्वकै पहिलो मानवजस्तै रोबोट हाफ म्याराथन भनिएको छ।
म्याराथानमा पहिलो पटक रोबोट र मानवले छुट्टाछुट्टै ट्र्याकमा आफूलाई प्रस्तुत गरेका थिए। प्रतियोगितामा चीनभरिका टोलीहरूबाट जम्मा २० वटा मानवोइड रोबोटहरूले भाग लिएका थिए।
२१ किलोमिटर लामो मार्गमा उनीहरू सहभागी भएका हुन्। उत्कृष्ट नतिजा प्राप्त गर्न, प्रत्येक टोलीले लामो दूरीको दौडको लागि आफ्नो रोबोटहरूमा धेरै मेहेनतका साथ सहभागिता जनाएका थिए।
उक्त कार्यक्रमलाई आयोजकले केवल खेलकुद प्रतियोगिता मात्र नभई मानवजस्तै रोबोटहरूको विश्वसनीयता, टिकाउपन र सुरक्षा जस्ता व्यापक क्षमताहरूको परीक्षणका रूपमा प्रस्तुत गरेको जनाएका छन्।
ह्युमनोइड रोबोटहरूको लागि आठ स्टेशनहरू पनि स्थापना गरिएको थियो। जहाँ रोबोटहरूलाई ब्याट्री परिवर्तन गर्न अनुमति प्रदान गरिएको थियो।
सो क्रममा ‘अटियांगोङ अल्ट्रा’ ह्युमनोइड रोबोटले आठ किलोमिटर प्रति घण्टाको गतिमा म्याराथनको विजेता बनेको थियो।