सञ्चारिका समूह नेपालको अध्यक्षमा कमला पन्थी निर्वाचित भएकी छन्। शुक्रवार भएको नवौँ महाधिवेशनबाट अध्यक्ष पन्थी निर्वाचित भएकी हुन्।
अध्यक्षमा निर्वाचित पन्थीले १४९ मत प्राप्त गर्दा अर्की प्रत्यासी पवित्रा सुनारले ८७ मत पाइन्।
उपाध्यक्षमा भने बसन्ती बास्तोला निर्वाचित भएकी छिन्। उपाध्यक्षमा निर्वाचित बास्तोलाले १२८ मत प्राप्त गर्दा उनकी निकटतम् प्रतिद्वन्द्वी लोग्शरी कुँवरले १०० मत पाइन्। महासचिवमा भने राधा खनाल निर्विरोध निर्वाचित भएकी छिन्।
यसैगरी, सचिवमा उर्वशी बस्न्यातले १०७ मत सहित विजयी हुँदा सचिव पदमा अर्की प्रतिस्पर्धी नुनुता राई चार मतले पराजित भइन्। कोषाध्यक्षमा साजना तामाङ निर्वाचित भएकी छन्। तामाङले १२० मत पाउँदा उनकी प्रतिद्वन्द्वी मन्जिमा ढकालले १०५ मत पाइन्।
यस्तै, सदस्यहरू कल्पना शर्मा, विष्णु पन्थी, देवी सापकोटा, अजबी पौडेल, कालिका शिवाकोटी, सम्झना वन, तारा चापागाईँ र दीपा रेग्मी निर्वाचित भएका छन्।