वैशाख ११ गतेबाट सञ्चालन हुने गरी तय भएको कक्षा १२ को वार्षिक परीक्षा स्थगित गरिएको भ्रामक सूचनाप्रति राष्ट्रिय परीक्षा बोर्डले ध्यानाकर्षण भएको जनाएको छ।
बोर्डले विभिन्न सामाजिक सञ्जालमा सम्प्रेषण गरिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो। 
शुक्रवार बोर्डले विज्ञप्ति जारी गर्दै विद्यार्थी वर्गमा भ्रम सिर्जना हुने गरी परीक्षा स्थगित गरिएको भ्रामक सूचना सम्प्रेषण गरिएको भन्दै परीक्षासम्बन्धी आधिकारिक सूचना बोर्डले आफ्नो वेबसाइटमार्फत सार्वजनिक गर्दै आएको र आगामी दिनमा समेत सो मार्फत सूचना प्रवाह गरिने हुँदा अन्य स्रोतबाट प्रवाह हुने सूचनामा भर नपर्न सरोकारवालालाई आग्रह गरेको छ।
परीक्षा जस्तो संवेदनशील विषयमा बोर्डको लेटरप्याडमा अध्यक्षको हस्ताक्षर राखी अनधिकृत र भ्रामक सूचना सम्प्रेषण गर्ने उपर साइबर कानुन अनुसार आवश्यक कारबाहीका लागि प्रक्रिया अगाडि बढाइएको छ। 
बोर्डको आधिकारिक वेबसाइट बाहेक अन्यत्रको समाचार तथा सूचनामा विश्वास नगरी परीक्षाको तयारीलाई धैर्यतापूर्वक निरन्तरता दिन पनि सम्पूर्ण विद्यार्थीहरूलाई अनुरोध गरेका छ। 
Photo 71