चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङ कम्बोडियाको नोम पेन्ह पुगेका छन्। नौ वर्षको अन्तरालमा सीको दोस्रो कम्बोडिया भ्रमण हो।
कम्बोडियाका राजा नोरोदोम सिहामोनीको निमन्त्रणामा राजकीय भ्रमण गर्न विशेष विमानबाट सी नोम पेन्ह पुगेका हुन्।
भ्रमणका क्रममा सिले क्रमशः राजा नोरोडोम सिहामोनी र रानी आमा नोरोडोम मोनिनाथ सिहानोकलाई भेट्ने कार्यक्रम तय भएको छ।
सो क्रममा उनले कम्बोडियाली पिपुल्स पार्टीका अध्यक्ष र सिनेटका अध्यक्ष सामदेच टेको हुन सेनसँग भेट्ने र प्रधानमन्त्री हुन मानेटसँग वार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
राजा नोरोदोम सिहामोनीले विमानस्थलमा सी चिनफिङको भव्य स्वागत समारोहको आयोजना गरेका थिए। सी चिनफिङ विमानस्थलबाट आफ्नो होटलतर्फ जाँदा चीन र कम्बोडियाका राष्ट्रिय झण्डा फहराइरहेका थिए।
कम्बोडिया सीको पाँच दिने दक्षिणपूर्वी एसियाली भ्रमणको तेस्रो तथा अन्तिम चरण हो। सोमबार र मङ्गलवार भियतनामको राजकीय भ्रमणबाट सुरु उनको यात्रा सुरु भएको थियो। मङ्गलवारदेखि बिहीबारसम्म उनी मलेसियाको राजकीय भ्रमणमा थिए।