एक करोड रुपैयाँको अक्षयकोष स्थापना गर्ने गरी बिर्तामोड उद्योग वाणिज्य सङ्घले स्थापना गरेको ‘व्यवसायिक सदस्य राहत कोष– २०८१’ का लागि सहयोग जुट्ने क्रम जारी छ।
बिर्तामोडका व्यवसायी तथा सामाजिक व्यक्तित्वहरूले बिर्तामोड उद्योग वाणिज्य सङ्घले सुरु गरेको उक्त कार्यको प्रशंसा गर्दै कोष वृद्धिका लागि विभिन्न अवसर पारेर सङ्घलाई रकम प्रदान गर्दै आएका छन्। यसै क्रममा सङ्घका कार्यसमिति सदस्यद्वय डिल्लीराम कोइराला र विश्वेश्वरप्रसाद बजगाँई (विपिन) ले आफ्नो जन्म दिनको अवसर पारेर ‘व्यवसायिक सदस्य राहत कोष’का लागि रकम प्रदान गरे। उनीहरूले कोष वृद्धिमा सहयोग पु¥याउन भन्दै सङ्घका अध्यक्ष राजु न्यौपानेलाई रकम प्रदान गरेका हुन्।
बिर्तामोडका युवा व्यवसायी कोइरालाले कोषका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ र बजगाँईले पनि ५५ हजार ५ सय ५५ रुपैयाँ रकम बरावरको चेक प्रदान गरेका छन्।
सङ्घका अध्यक्ष न्यौपाने, कोषका संयोजक राजकुमार घिमिरे राजु सहितका पदाधिकारीलाई उनीहरूले उक्त रकम प्रदान गरेका हुन्। सो अवसरमा उनीहरूलाई बिर्तामोड उद्योग वाणिज्य सङ्घले जन्म दिनको शुभकामना सहित कदर पत्रद्वारा सम्मान गरेको छ। कार्यक्रमको सञ्चालन सङ्घका महासचिव कुशल खतिवडाले गरेका थिए।