नेपाली काङ्ग्रेसका सभापति शेर बहादुर देउवाले बिपी कोइरालाको नामबाट स्थापना भएको सहकारीले बदनाम र आलोचना हुने काम नगर्ने विश्वास लिएको बताएका छन्।
शनिवार काठमाडौँमा आयोजित बिपी स्मृति सामुदायिक सहकारी अस्पताल लिमिटेडको १७ औँ वार्षिकोत्सवमा उनले अहिले सहकारीको धेरै ठुलो बदनामी भइरहेको भन्दै यस्तो अव स्थापना भएको सहकारीले सच्चा मान्यमा, राष्ट्रको लागि काम गर्नुपर्ने बताए।
उनले भने, ‘बिपी कोइरालाको नामबाट स्थापना भएको सहकारीले कुनै पनि प्रकारको अनियमित, बदनाम र आलोचना हुने काम गर्ने छैन भन्ने विश्वास छ। उनले भने, ‘बिपी कोईरालाको नाममा खोलिएको हुनाले हामीले लोपोन्मुख १० जातिलाई निशूल्क सेवा गर्ने निर्णय गरेका छौ। कुनै पनि आन्दोलनका घाइते र शहिद परिवारलाई पनि हामी सेवा दिन्छौ। कुनै पनि बिरामी हाम्रो अस्पताल आएपछि पैसा नभएका कारण बिना उपचार फर्किदैँन। यही भावना लिएर हामी सातै प्रदेशमा जान लागेका छौ।’ बद्नामि भइरहेको छ, यस्तो हुनु हुँदैन। बिपी कोइराला जस्तो हाम्रो जननायक नेताको नामबाट जुन यो सहकारी स्थापना भएको छ यसले अवश्य नै सच्चा मान्यमा, राष्ट्रको लागि राम्रो काम गर्ने छ।’
सोही कार्यक्रममा बिपी स्मृति सामुदायिक सहकारी अस्पताल लिमिटेडका अध्यक्ष एवं काङ्ग्रेसका नेता उमेश जङ्ग रायामाझीले यो सहकारी रविको सहकारी नभएको भन्दै यसले भ्रष्टाचार र ठगी नगर्ने बताए।
उनले भने, ‘केही कमी कमजोरीहरू भएका छन्, यी कुरालाई ध्यानमा राखेर काम गरेका छौ। यो सहकारी रविको सहकारी होइन यसले भ्रष्टाचार गर्दैन, यो ठगी गर्ने संस्था होइन यो स्वास्थ्य सेवा दिने बिपीको नाममा स्थापना भएको संस्था हो। एक पैसा खाने छैन र खान दिन छैन।’
बिपी कोइरालाको नाममा खोलिएको संस्था भएको हुनाले लोपोन्मुख १० जातिलाई निशूल्क सेवा गर्ने र कुनै पनि आन्दोलनका घाइते र सहिद परिवारलाई पनि सेवा दिने निर्णयका साथ अगाडि बढेको उनको भनाई छ।
उनले भने, ‘बिपी कोइरालाको नाममा खोलिएको हुनाले हामीले लोपोन्मुख १० जातिलाई निशूल्क सेवा गर्ने निर्णय गरेका छौ। कुनै पनि आन्दोलनका घाइते र सहिद परिवारलाई पनि हामी सेवा दिन्छौ। कुनै पनि बिरामी हाम्रो अस्पताल आएपछि पैसा नभएका कारण बिना उपचार फर्किँदैन। यही भावना लिएर हामी सातै प्रदेशमा जान लागेका छौ।’