पूर्वी तराईमा मेघ गर्जन र चट्याङसहित वर्षा भएको छ। बुधबार बिहानदेखि नै पूर्वी तराईको झापा, मोरङ लगायतका विभिन्न ठाउँमा वर्षा भएको हो।
नेपालमा वर्षा नहुँदा प्रदूषणको तह जोखिमपूर्ण छ। जसले आँखा पोल्ने, टाउको दुख्ने लगायतका समस्याहरू देखा परेका छन्।
ठूलो पानी परेसँगै काठमाडौं उपत्यका लगायत प्रदूषण बढी भएका शहरहरुबाट प्रदूषण हट्ने बताइएको छ।