हङकङ–चाइनाको आयोजनामा हुने चार देशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाई गरिएको छ।
नेपाल क्रिकेट सङ्घ (क्यान) ले सोमबार राष्ट्रिय टिमको बिदाइ गरेको हो। नेपालले हङकङमा हुने चार देशीय टी–२०–क्रिकेट प्रतियोगिताका लागि शनिवार रोहित पौडेलको कप्तानीमा १४ सदस्यीय अन्तिम टोलीको घोषणा गरेको थियो।
छनोट भएका खेलाडीमा आसिफ शेख, कुशल भुर्तेल, लोकेश बम, बसिर अहमद, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुलशन झा, सोमपाल कामी, करण केसी, नन्दन यादव, ललित राजवंशी, शाहव आलम र रिजन ढकाल छन्।
बसिरले २ र नन्दनले ३ वर्षपछि राष्ट्रिय टोलीमा पुनरागमन गरेका हुन्। प्रतियोगितामा नेपालले बुधवार कतार, बिहीबार कुवेत र आउँदो शनिवार हङकङसँग खेल्दै छ।