राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्व महामन्त्री मुकुल ढकालले स्वतन्त्र पार्टी बन्नको लागि सभापति रवि लामिछानेलाई सबैले बिर्सिदिनुपर्ने बताएका छन्। 
सोमबार सामाजिक सञ्जालमा लेख्दै उनले रास्वपालाई रविको पार्टी होइन, राष्ट्रिय स्वतन्त्र पार्टी बनाउन सुझाएका हुन्। 
उनले लेखेका छन् ,‘ रविको पार्टी होइन, राष्ट्रिय स्वतन्त्र पार्टी बनाऔँ। तितो लाग्न सक्छ, तर सत्य यही हो, राष्ट्रिय स्वतन्त्र पार्टी बन्न रवि दाइलाई अब सबैले बिर्सनपर्छ। दुई–चार हजार अरिङ्गालका कमेन्ट हेरेर डराउन जरुरी छैन।’