धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले लोकतन्त्रको अनुभव नभएको बताएका छन्। 
आइतबार साँझ काठमाडौँ आएका मेयर साम्पाङले सञ्चारकर्मीहरूसँग कुरा गर्दै लोकतन्त्रमा जनता सार्वभौम हुनुपर्ने भन्दै त्यसको अनुभव नभएको बताएका हुन्। 
‘लोकतन्त्रको अनुभव भएको छैन। भोली सिंहदरबार जानुपर्ने त्यहाँ जान पनि सेटिङ गरेर जानुपर्नेखालको स्थिति छ। अब, मलाई त त्यो हुन्छ भने सर्वसाधारण जनताले मन्त्रिलाई भेट्न सक्छ ?,’ उनले भने। 
उनले थप भने, ‘लोकतन्त्रमा जनता सार्वभौम हुनुपर्छ। पार्टी होइन। जुन सुकै पार्टीबाट चुनिएर आए पनि हामी जनताको प्रतिनिधित्व गर्ने ठाउँमा पुगिसके पछि त्यहाँ पार्टीगत लबिङ, पार्टीगत सेटिङ भन्दा माथि उठेर काम गर्नुपर्छ। त्यो नभएर राजतन्त्रको माग भइरहेको छ।’
उनले सरकारले जनप्रतिनिधि र जनताको कुरा नसुन्ने र जसको कारण पनि जनता रुष्ट भएको बताए।