नेपाली बजारमा सुनको मूल्य तोलामा सात सय रुपैयाँले घटेको छ।
नेपाल सुन चाहिँ महासङ्घका अनुसार आइतबार सुनको मूल्य तोलामा १ लाख ७४ हजार ५ सयमा कारोबार भएको थियो। आज सोमबार सात सय रुपैयाँले घटेर सुन तोलामा १ लाख ७३ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ।
त्यस्तै, चाँदी भने तोलामा ३० रुपैयाँ बढेको छ। आइतबार तोलाको १८ सय रुपैयाँमा कारोबार भएको चाँदी आज १८३० रुपैयाँ कायम भएको छ।