राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ। 
बैठक सोमबार ३ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्नेछ।
बैठकमा मङ्गलवारका लागि तय गरिएको जनप्रदर्शन, समसामयिक पछिल्लो राजनीतिक विषयमा छलफल हुने छ।
मङ्गलवार काठमाडौँको भृकुटीमण्डपमा जनप्रदर्शनसहित सभाको तयारी गरिरहेको थियो। तर जिल्ला प्रशासन कार्यालय काठमाडौँले सुरक्षाको अवस्था देखाउँदै उक्त स्थानमा कार्यक्रम गर्न नदिने निर्णय गरेपछि राप्रपाले कार्यसम्पादन समिति बैठक बस्न लागेको हो।