मणिराम दाहाल / सुन्दरहरैँचा
राष्ट्रिय जनसांस्कृतिक महासङ्घ नेपाल , कोशी प्रदेश समितिको दोस्रो अधिवेशनले जे बी थुलुङकाे अध्यक्षतामा नयाँ कार्य समिति सर्वसम्मत रूपमा चयन गरेकाे छ ।
माेरङकाे बेलबारीमा भएको समितिकाे अधिवेशनले चार बर्षे कार्यकालका लागि नव कार्य समिति चयन गरेको हाे । समितिकाे उपाध्यक्षद्वय सरस्वती दुमी राई र रामजी विष्ट , सचिव राजेश चाम्लिङ , सहसचिव टेकराज मगर, कोषाध्यक्ष हेमा भण्डारी चयन भएका छन् ।
साथै राष्ट्रिय जनसङ्गीत कलाकार सङ्घ अध्यक्षमा सन्जिव धिमाल , उपाध्यक्ष ओमविक्रम ओझा , सचिव भाष्कर सिटौला , सहसचिव रेनुका राई , कोषाध्यक्ष हीरा ओझा चयन भए । तेसै गरि राष्ट्रिय जनसाहित्यिक सङ्घकाेअध्यक्षमा दिप मग्राती, उपाध्यक्ष कविता केशरी , सचिव रमेश धमला, कोषाध्यक्ष पवित्रा घिमिरे चयन भए ।राष्ट्रिय ललितकला सङ्घकाे अध्यक्षमा विष्णुकुमार थापा , उपाध्यक्ष उद्वव गुरुङ ,सचिव भिम पुरी , सहसचिव शिवकुमार राई, कोषाध्यक्ष तिलक राई निर्वाचित भए । राष्ट्रिय जनपक्षीय चलचित्रकर्मी सङ्घअध्यक्षमा केवल तामाङ , उपाध्यक्ष भिम लामा , सचिव नवीन मेन्याङ्वो, सहसचिव रविन श्रेष्ठ , कोषाध्यक्ष रणबहादुर थाङ्देनलाई चयन गरिएको छ । कार्यक्रममा प्रमुख अतिथि समितिका केन्द्रीय उपाध्यक्ष तथा प्रदेश इन्चार्ज भूमिका सुब्बा थिए ।
विशिष्ट अतिथि नेकपा (एमाले ) प्रदेश अध्यक्ष घनश्याम खतिवडा तथा अतिथिहरू संविधानसभा सदस्य मधु गुरुङ , राष्ट्रियसभा पूर्व सदस्य खेम नेपाली , प्रदेशसभा सदस्य मिना श्रेष्ठ लगायत रहेका थिए । कार्यक्रममा नव निर्वाचित पदाधिकारीलाई सपथ ग्राहण समेत गराइएको थियाे ।