रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग वार्ता गरेर निस्किएका छन्। ललितपुरको ज्वागलस्थित मेयर शाहका सहयोगी कुमार बेनको घरमा उनीहरूबीच वार्ता भएको थियो।

वार्ता सकेर लामिछाने भर्खरै निस्किएका हुन्। बालेनसँगको वार्तापछि उनलाई सञ्चारकर्मीले वार्ता के भयो ? भनेर प्रश्न गरेका थिए।

सो क्रममा रविले प्रतिप्रश्न गर्दै भनेका छन्, ‘मेरो अनुहारले के भन्छ ?’

त्यसपछि उनलाई सञ्चारकर्मीले अर्को प्रश्न पनि गरेका थिए। ‘लौरो टेक्ने कि घण्टी बजाउने ?’ उनलाई प्रश्न गरिएको थियो।

जसको जवाफमा रविले भने, ‘बाँकी समयले बताउला, वार्ता राम्रो भयो।’