नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र कुनै पनि युवा दुर्व्यसनमा नरहेको दाबी गरेका छन्। हालै सम्पन्न महाधिवेशनमा खटिएका युवाहरूको प्रशंसा गर्दैल ओलीले स्वयमसेवक भएर खटिएकानजिक पुग्दा कोही पनि खैनी गन्हाएको नभेटिएको ओलीको भनाइ थियो।

उनले देशका केही चर्चित भनिएका मान्छेहरू भने नशामा भेटिने टिप्पणी गरे।

‘यसपटक महाधिवेशनमा कसैको छेउमा पनि पुग्दा पनि खैनी गन्हाएको भेटिएन। खैनी भनेको कस्तो चिज छ भने ओठमा एउटा कुनामा च्यापेको छ भने पनि पर(पर गन्हाउँछ थाह भइहाल्छ। खटिएका कोही पनि कुनै पनि लागुपदार्थ, केही तरल पदार्थ प्रयोग गरेर बसेको पाइनँ,’उनले भने, ‘देशका चर्चित भनिएका मान्छेहरू नशामा भेटिन्छन्। हाम्रा युवाहरू कुनै दुर्व्यसनमा हुनुहुन्न। मेरो भनाइ मन नपरेर दुर्व्यसन छोड्नुभए म खुसी हुन्छु।’