अत्यधिक चिसो बढेसँगै बुटवलका सामुदायिक तथा संस्थागत विद्यालयहरू लगातार चार दिन बन्द रहने भएका छन्।
बुटवल उपमहानगरपालिकाले एक सूचना जारी गर्दै पुस ११, १३ र १४ गते (तीन दिन) विद्यालय बन्द हुने जनाएको हो। १२ गते शनिबार सार्वजनिक बिदा नै हो।
“केही दिनदेखि बाक्लो हुस्सु र शीतलहरसँगै अत्यधिक चिसो बढेकाले विद्यार्थीहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै तीन दिन विद्यालय बन्द गरिएको व्यहोरा सम्बन्धित सबैका लागि अनुरोध छ,” सूचनामा भनिएको छ।
साथै उक्त बिदा वार्षिक बिदाबाट कट्टा हुने व्यवस्था मिलाइने उपमहानगरपालिकाका प्रखुख खेलराज पाण्डेयले जानकारी दिए।




















