जेनजीको आन्दोलनमा निधन भएकाको शवलाई काठमाडौं महानगरपालिकाले घरसम्म पुर्‍याउन शववाहनको व्यवस्था गरिदिने भएको छ। महानगरले एक सूचना जारी गर्दै यस्तो भनेको हो।

‘जेन जेड आन्दोलनका क्रममा अकालमै निधन हुनुभएका व्यक्तिहरूको शव व्यवस्थापन, परिवारजनलाई काठमाडौंसम्म ल्याउन यातायात सुविधा, बस्ने व्यवस्था तथा शवलाई घरसम्म पुर्‍याउन शववाहनको व्यवस्था महानगरपालिकाद्वारा गरिएको छ।’ महानगरले भनेको छ।

त्यसैगरी, आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूको उपचार तथा उपचारपश्चात् घर फर्किन यातायात व्यवस्थापनसहित आवश्यक सहजीकरणको लागि महानगरपालिकाले विशेष टिम परिचालन गरेको छ।

आवश्यक सहयोगका लागि जगदीश अर्याल–९८५४०४५७०२, विज्ञान घिमिरे–९८५११३३९११ ईश्वर वाग्ले–९८४१२९७८६१ मा कल गर्न महानगरले अनुरोध गरेको छ।