सुनसरीको धरानमा रहेको भाटभटेनी सुपरमार्केटमा एक जनाको शव फेला परेको छ।
शुक्रबार बिहान सुपरमार्केटमा शव फेला परेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी प्रकाश जलेखुले जानकारी दिए।
उनका अनुसार शव जलेको अवस्थामा फेला परेको हो।
‘शव जलेर कंकाल मात्रै बाँकी रहेको छ। पहिचान हुन सकेको छैन,’ उनले भने। अझै दुई जना बेपत्ता रहेको डिएसपी जलेखुले जानकारी दिए।