झुम्का कारागारबाट भदौ २४ गते फरार भएका दुई कैदीलाई प्रहरीले धरानबाट नियन्त्रणमा लिएको छ।

धरान उपमहानगरपालिका–५ आँपटारबाट कर्तव्य ज्यान मुद्दामा २० वर्षको कैद भोगिरहेका ३८ वर्षीय हर्कबहादुर राई पक्राउ परेका छन्।

उनलाई नेपाली सेनाको श्री कालीशक्ति इन्जिनियर गण याङ्शिला ब्यारेकका सह–सेनानी अमिर थापाको कमाण्डमा खटिएको टोली र इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब निरीक्षक (प्रसनि) वीरबहादुर भण्डारीको कमाण्डमा खटिएको संयुक्त टोलीले पक्राउ गरेको हो।

त्यस्तै, लागूऔषध मुद्दामा कैद सजाय भोगिरहेका कैलाली धनगढी उपमहानगर–७ घर भई हाल धरान–२ बस्दै आएका ३१ वर्षीय निखिल भनिने वसन्तराज जोशीलाई पनि धरान प्रहरीले नियन्त्रणमा लिएको छ।