मोरङ जिल्लामा आज शुक्रवार विहान १०ः०० बजेदेखि वेलुका ४ः०० बजेसम्म निषेधाज्ञा लागू गरिएको छ।
साथै, बेलुका ७ः०० बजेदेखि शनिवार बिहान ५ः०० बजेसम्म कर्फ्यू आदेशको निरन्तरता रहने जिल्ला प्रशासन कार्यलाय मोरङले जानकारी दिएको छ। जिल्ला प्रशासन कार्यालय मोरङका अनुसार, सुरक्षा अवस्थालाई ध्यानमा राखी सो निर्णय गरिएको हो।
प्रशासनले नागरिकहरूलाई अनावश्यक रूपमा घर बाहिर ननिस्कन र आदेशको पालना गर्न अनुरोध गरेको छ।
निषेधाज्ञा तथा कर्फ्यू अवधिमा उल्लङ्घन गर्ने व्यक्तिहरूलाई कानुनी कारबाही गरिने प्रशासनले स्पष्ट पारेको छ।
सम्पूर्ण नागरिकहरूलाई संयमता अपनाई प्रशासनलाई सहयोग गर्न अनुरोध गरिएको छ।