जिल्ला प्रशासन कार्यालय झापाका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले कर्फ्यु आदेश जारी गरेका छन्।

जेनजेड नेतृत्वको आन्दोलन सकिएपश्चात् केही अराजक तत्त्वहरूले सार्वजनिक र निजी सम्पत्तिमा तोडफोड, आगजनी र लुटपाटको प्रयास गरेकाले जिल्लामा शान्ति र सुव्यवस्था कायम राख्न कर्फ्यु लागू गरिएको हो।

आज बिहानदेखि साँझ ५ बजे सम्म कडा रूपमा लागू हुने यस कर्फ्युमा सर्वसाधारणका लागि अत्यावश्यक दैनिक उपभोग्य वस्तु खरिद गर्नका लागि मात्र साँझ ५ बजे देखि ७ बजेसम्म केही छुट दिइएको छ।

अत्यावश्यक सामान खरिद गर्न आवश्यक पर्ने व्यक्तिहरूलाई मात्र उक्त समयमा घरबाहिर निस्कन अनुमति दिइएको छ। साथै, आज साँझ ७ बजेपछि भोलि भाद्र २७ गते बिहान ६ बजेसम्म पुनः कडाइका साथ कर्फ्यु लागू रहने जनाइएको छ। कर्फ्युको अवधिमा अत्यावश्यक काम नपरे घरबाहिर ननिस्कन र यदि अनिवार्य काम परेमा सुरक्षा निकायसँग सम्पर्क गरी अनुमति लिएर मात्रै निस्कन अनुरोध गरिएको छ।