मोरङको विराटनगर महानगरपालिका–१५ रानीबाट २ सय ग्राम लागूऔषध (खैरो हिरोइन) बरामद भएको छ।

लागूऔषध नियन्त्रण ब्युरो, कोटेश्वरबाट खटिएको टोलीले सो मात्रामा खैरो हिरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा भारतको गौतमपुरी बदरपुर फेस–१ दिल्लीका ४३ वर्षीय सगीर नाम गरेका व्यक्ति रहेको ब्युरोका सई बालकृष्ण सन्जेलले जानकारी दिए।

उनको साथबाट उनको भारतीय आधार कार्ड पनि बरामद भएको प्रहरीले जनाएको छ।