नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाका उपसभामुखलाई हटाउने कार्यको विरोध गर्ने बताएका छन्।
मङ्गलवार पार्टी कार्यालय पेरिसडाडाँमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले उपसभामुखलाई हटाउन खोजेर काँग्रेस–एमालेले गल्ती गर्न लागेको भन्दै आफ्नो पार्टीले विरोध गर्ने बताएका हुन्।
वर्तमान सरकार गठन भएदेखि नै गल्तीबाहेक राम्रो कुनै काम गर्न नसकेको प्रचण्डको टिप्पणी थियो। प्रचण्डले सामाजिक सेवामा सक्रिय आदिवासी जनजाति महिलालाई अनाहकमा हटाउने कोसिस गलत रहेको जिकिर गरे।
प्रचण्डले उपसभामुख इन्दिरा रानामाथि यसअघि लगाइएको आरोप समेत कपोकल्पित रहेको टिप्पणी गरे।
सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसका सांसदहरूले हस्ताक्षर सङ्कलन गरिसकेका छन्। अहिले सत्ता गठबन्धनको बैठक सिंहदरबारमा जारी छ।