नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको १ हजार २ सय रुपैयाँले घटेको हो।
आज सुन प्रतितोला १ लाख ९५ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ।
त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। चाँदीको मूल्य १५ रुपैयाँले घट्दै प्रतितोला २ हजार ३०० रुपैयाँ कायम भएको छ।