सुनसरीको इटहरीमा करेन्ट लागेर आइतबार राति १ जना वृद्धको मृत्यु भएको छ।
इटहरी उपमहानगरपालिका–८ गैसारस्थित पाथीभरा टोल बस्ने ७२ वर्षीय तिलक चौधरीको मृत्यु भएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाले जानकारी दिए। आफ्नै घरमा ‘साउण्ड सिस्टम’मा चुँडिएको तार मर्मत गरी ‘प्लग’मा जोड्ने क्रममा चौधरीलाई राति ८ बजेतिर अचानक करेन्ट लागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको खतिवडाले बताए। कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको छ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।